images
images

पूर्व एसएसपी जीवनकुमार श्रेष्ठको केन्द्रीय सदस्यमा उम्मेदवारी : अनुभव, इमानदारी र सक्षम नेतृत्वको बलियो दाबी

पोखरा – नेपाल प्रहरीमा तीन दशकभन्दा बढी समय इमानदारी, अनुशासन र समर्पणका साथ सेवा गरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदबाट अवकाश प्राप्त गर्नुभएका जीवनकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी राष्ट्रिय महाधिवेशन–२०८३ मा गण्डकी भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

लामो सार्वजनिक सेवाका क्रममा सुशासन, जवाफदेहिता, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीका लागि परिचित श्रेष्ठ हाल रास्वपाको केन्द्रीय उत्पादन प्रवर्द्धन विभागका सदस्यका रूपमा सक्रिय रहँदै पार्टी संगठन सुदृढीकरण तथा राष्ट्र निर्माणको अभियानमा योगदान पुर्याइरहनुभएको छ। श्रेष्ठले आफूले सार्वजनिक सेवामा हासिल गरेको अनुभवलाई पार्टीको संगठनात्मक विकास, नीति निर्माण तथा जनअपेक्षाअनुसार परिणाम दिने नेतृत्व निर्माणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको उम्मेदवारीले संगठनलाई थप सक्षम, पारदर्शी, उत्तरदायी र जनविश्वासयुक्त बनाउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।

प्रहरी सेवामा रहँदा उच्च व्यावसायिकता, निष्पक्षता र नेतृत्व क्षमताको परिचय दिनुभएका श्रेष्ठले अनुभव र युवा ऊर्जाको समन्वयमार्फत संगठनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राख्नुभएको छ। सुशासन, संगठन सुदृढीकरण, उत्पादन तथा उद्यमशीलता प्रवर्द्धन र समृद्धिको अभियानलाई उहाँले आफ्नो प्राथमिकतामा राख्नुभएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको लामो अनुभव बोकेका व्यक्तित्वको पार्टी नेतृत्वमा प्रवेशले संगठनलाई संस्थागत र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्न सक्छ। “अनुभव बोल्छ, परिणाम देखिन्छ” भन्ने नारासहित चुनावी मैदानमा उत्रिनुभएका श्रेष्ठले राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूसँग आफ्नो अनुभव, इमानदारी र प्रतिबद्धताको मूल्याङ्कन गर्दै अमूल्य मत तथा समर्थन प्रदान गर्न हार्दिक आग्रह गर्नुभएको छ।

सक्षम नेतृत्व, सुदृढ संगठन र समृद्ध भविष्यको स्पष्ट दृष्टिकोणसहित जीवनकुमार श्रेष्ठको उम्मेदवारीलाई रास्वपाभित्र एक सकारात्मक र भरोसायोग्य विकल्पका रूपमा हेरिएको छ।