images
images

गगनले भने– हाम्रो पार्टी समेत रहेको विगतका सरकारले गरेका कामहरूप्रति शिर निहुर्‍याउँछु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा आफ्नो पार्टी समेत रहेका सरकारका कामहरूबाट शिर निहुँरिएको बताएका छन् । आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेका थापाले विगत १०/१२ वर्षमा आफ्नो पार्टी समेत संलग्न सरकारका कामप्रति शिर निहुर्‍याउने बताए ।

“विगत १०/१२ वर्षमा हाम्रो पार्टी समेत संलग्न सरकारका केही कामहरूले शिर निहुरिएको छ,” थापाले भने, “पार्टीबाहिर संघर्ष गर्न सहज हुँदो रहेछ । तर, पार्टीभित्रै लड्न गाह्रो हुँदो रहेछ ।”

सभापति थापाले ‘कांग्रेस दास र लासहरूको पार्टी होइन’ भनेर निर्णय गर्न ढिला भएको बताए । विगतमा रवि लामिछाने र वालेन्द्र शाहसँग एउटै पार्टीमा सहकार्यको छलफलतर्फ संकेत गर्दै थापाले आन्तरिक संघर्ष कठिन हुने बताए ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा आफ्नो पार्टी समेत रहेका सरकारका कामहरूबाट शिर निहुँरिएको बताएका छन् । आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेका थापाले विगत १०/१२ वर्षमा आफ्नो पार्टी समेत संलग्न सरकारका कामप्रति शिर निहुर्‍याउने बताए ।

“विगत १०/१२ वर्षमा हाम्रो पार्टी समेत संलग्न सरकारका केही कामहरूले शिर निहुरिएको छ,” थापाले भने, “पार्टीबाहिर संघर्ष गर्न सहज हुँदो रहेछ । तर, पार्टीभित्रै लड्न गाह्रो हुँदो रहेछ ।”

सभापति थापाले ‘कांग्रेस दास र लासहरूको पार्टी होइन’ भनेर निर्णय गर्न ढिला भएको बताए । विगतमा रवि लामिछाने र वालेन्द्र शाहसँग एउटै पार्टीमा सहकार्यको छलफलतर्फ संकेत गर्दै थापाले आन्तरिक संघर्ष कठिन हुने बताए ।

“आदरणीय सभापतिज्यू र साथीहरू पार्टीभित्र गरिने संघर्षभन्दा आन्तरिक संघर्ष कैयन गुणा कठिन हुने रहेछ,” थापाले भने, “हामीले ‘कांग्रेस दास र लासहरूको पार्टी होइन’ भन्न ढिला गरेका छौँ । तपाईंहरू पनि महाधिवेशनको यो महोत्सवमा हुनुहुन्छ । प्रश्नलाई मर्न नदिनु होला ।”

उनले कांग्रेस प्रतिपक्षी दल रहेको र रास्वपाको प्रतिस्पर्धी दल पनि भएको भन्दै सरकारका कदममा गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए ।

“कांग्रेस अहिले प्रतिपक्षी भूमिकामा छ । हामी रास्वपाको प्रतिपर्धी हौँ तर दुस्मन होइनौँ,” थापाले भने, “सदनमा प्रधानमन्त्रीको अभिव्यक्तिको जमेर विरोध गर्‍यौँ । तर, रास्वपाको एकजना पनि नरहेको राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित गरेर सहयोग गर्‍यौँ ।”