चितव -राष्ट्रिय स्वतन्त्र अभियान अन्तर्गत आयोजित महाधिवेशन (२०७३ असार ५–९, चितवन) मा आर. पी. महतो (राम प्रकाश महतो) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सार्वजनिक गरिएको प्रचार सामग्रीमा उनले सुशासन, प्रविधिमैत्री नेतृत्व, युवा सहभागिता तथा राष्ट्रिय रुपान्तरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
महतोले इलेक्ट्रोनिक्स इन्जिनियरिङ, सूचना प्रविधि अध्ययन तथा ग्लोबल एक्जिक्युटिभ एमबीए हासिल गरेका छन्। सूचना प्रविधि, दस्तावेज प्रमाणीकरण, डिजिटल सञ्चार तथा सुरक्षा व्यवस्थापन क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव रहेको उनले बताएका छन्।
उनले ५० भन्दा बढी देशको भ्रमण तथा अध्ययनबाट आधुनिक प्रविधि, सुशासन र अन्तर्राष्ट्रिय असल अभ्यासबारे अनुभव प्राप्त गरेको उल्लेख गरेका छन्। साथै, प्रतिनिधिसभा निर्वाचन २०५९ मा सिरहा–२ बाट स्वतन्त्र उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीको मधेशी समूहबाट समानुपातिक उम्मेदवारको रूपमा सहभागिता जनाएको विवरण सार्वजनिक गरिएको छ।
राजनीति, समाजसेवा, प्रविधि, लगानी, व्यवसाय विकास, सुशासन तथा राष्ट्रिय रुपान्तरणमा विशेष रुचि राख्ने महतोको उम्मेदवारीलाई युवामाझ सकारात्मक रूपमा हेरिएको बताइएको छ।
उनका समर्थकहरूले आगामी दिनमा विभिन्न जिल्लामा जनसम्पर्क तथा प्रचार अभियानलाई तीव्र बनाउने बताएका छन्।








