चितवन -राष्ट्रिय महाधिवेशनको माहोल तातेसँगै मधेशी क्लस्टरबाट केन्द्रीय सदस्य पदका उम्मेदवार महेन्द्र गुप्ता (प्रशान्त) चर्चामा आएका छन्। लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका गुप्ताले युवा आवाज, समावेशी नेतृत्व र संगठन सुदृढीकरणलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।
सार्वजनिक गरिएको प्रचार सामग्रीमा “केन्द्र युवा अभियान” मार्फत देशको आवाज र जनताको भावना नेतृत्व तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। समर्थकहरूले गुप्तालाई स्पष्ट वक्ता, सक्रिय युवा नेता तथा संगठनप्रति समर्पित व्यक्तित्वको रूपमा प्रस्तुत गरेका छन्।
महाधिवेशन नजिकिँदै जाँदा विभिन्न प्रदेशबाट उम्मेदवारहरूको प्रचार अभियान तीव्र बन्दै गएको छ। यसैबीच, महेन्द्र गुप्ताको उम्मेदवारीले मधेशी क्लस्टरमा नयाँ बहस र राजनीतिक चासो बढाएको बताइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार युवा नेतृत्व र समावेशी प्रतिनिधित्वको मुद्दाले यसपटकको महाधिवेशनमा विशेष महत्व पाउने देखिएको छ।








