काठमाडौं -नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिने नीति र महाधिवेशनबाट चयन गर्ने नेतृत्वले पार्टीका लागि मात्र नभएर देशकै लागि महत्त्व राख्ने बताएका छन् ।
आइतबार चितवनमा आयोजित पहिलो महाधिवेशनमा बोल्दै उनले देशव्यापी संगठन संरचनाले रास्वपासँगै देशको दिशा निर्धारित गर्ने बताए । उनले दलहरू लोकतन्त्रको खम्बा भएको भन्दै जनताले दिने जनमत फेरिइरहने बताए ।
“दलहरू लोकतन्त्रका खम्बा हुन् । जनमतको प्रतिनिधित्व दलहरूले नै गर्ने हो,” पुनले भने, “हिजो जनमत हामीसँग थियो । आज रास्वपासँग छ । जनताले चाहेमा दललाई सबै अधिकार दिन पनि सक्छन् र जनमतबाटै खोस्न पनि सक्छन् ।”








