images
images

रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि मात्रै कार्यक्रम अघि बढ्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत आजबाट सुरु हुने भनिएको बन्दसत्र स्थगित भएको छ।

पार्टीका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेका कारण बन्दसत्रको समय परिवर्तन गरिएको हो।

रास्वपाले प्रिन्ट भइसकेका प्रतिनिधि कार्डहरू आज साँझ ७ बजेदेखि वितरण सुरु गरिने जनाएको छ। प्रक्रियामा रहेका बाँकी कार्डहरू भने भोलि बिहान ७ बजेदेखि वितरण गरिने जानकारी दिइएको छ।

प्रतिनिधि कार्ड वितरणको कार्य सम्पन्न भएपछि मात्रै महाधिवेशनको बन्दसत्रका कार्यक्रमहरू अगाडि बढाइने पार्टीका प्रवक्ता मनिष झा ले बताएका छन्।