images
images

रास्वपा सदस्य संख्या ५ लाख २३ हजार, कुन प्रदेशमा कति?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टी सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको जनाएको छ।

चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा महामन्त्री कबिन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा पार्टी सदस्यको विवरण उल्लेख छ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी सदस्य मधेस प्रदेशमा छन् भने कम सदस्य कर्णालीमा छन्।

कोशी प्रदेशमा ७३ हजार ३५५, मधेसमा १ लाख २१ हजार ८९९, बागमतीमा १ लाख ७ हजार ३२०, गण्डकीमा ६१ हजार ९२५, लुम्बिनीमा ७५ हजार ९६२, कर्णालीमा २७ हजार ३२५ र सुदूरपश्चिममा ५५ हजार ६७९ जना पार्टी सदस्य रहेको रास्वपाले जनाएको छ।