काठमाडौँ’- केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै रास्वपा महाधिवेशनमा अब पदाधिकारीका लागि निर्वाचन गर्न निर्वाचन आयोग जुटेको छ।
रास्वपाकी सांसद रञ्जु दर्शनाले महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा गरेकी छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएलगत्तै उनले महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा गरेकी हुन्। त्यस्तै उनीसँगै शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य र मनीष झाले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
त्यस्तै, केन्द्रीय सदस्यमा दोस्रो लोकप्रिय मत ल्याएकी सोविता गौतमले उपसभापति पदमा दावेदारी प्रस्तुत गरेकी छन्।
उनले भनिन्, ‘सहमतिमा पदाधिकारीहरु चयन गर्ने प्रयास जारी छ । सहमति नजुटेको खण्डमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । म उपसभापतिमा लड्छु।’
केन्द्रीय सदस्यको निर्वाचनमा चौथो लोकप्रिय मत ल्याएका सागर ढकालले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। विजयी भए लगत्तै उनले पार्टीको आगामी नेतृत्वका लागि ‘महामन्त्री’ पदमा उम्मेदवारी दिने बताएका हुन्।







