images
images

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन्।

चितवनमा शुक्रबार भएको मतदानमा ढकाल र शाह विजयी भएका हुन्।

त्यस्तै, महिला उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्।

सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए।