images
images

जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको मृत्यु

बुटवल -प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा पर्दा उपप्रमुख राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने दुर्घटनामा अन्य व्यक्ति घाइते भए/नभएको विवरण आउन बाँकी रहेको छ।

जिपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ। उनी राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए।