images
images

लोकतान्त्रिक शक्तिलाई मिल्न नदिन कांग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदै छः ओली

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिनको लागि नेपाली कांग्रेस फुटाइएको दाबी गरेका छन्।

मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिन र प्रतिक्रान्तिको बाटोमा मुलुकलाई अघि बढाउने उद्देश्यप्रेरित समूहहरूले एमालेमाथि समेत हात हाल्ने प्रयास गरेको बताएका हुन्।

उनले नेकपा एमाले जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान बोकेको पार्टी भएको भन्दै आफ्ना नीति र सिद्धान्तमा सजग र सचेत भएको समेत बताए।

उनले भने, ‘लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनका लागि कसरी फुट्यो, कसले फुटायो, किन फुटायो, फुटेर के भो? नेपाली कांग्रेस त फुट्यो। अरुलाई पनि फुटाउने कोशिस हुन सक्छ।’

उनले थपे, ‘बाहिरबाट हात हाल्न खोजिए भने त्यस्ता कुराहरुलाई हामीले चिन्छौँ, त्यस्ता कुराहरुलाई पराजित गर्छौँ। नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहने छ। सुदृढ छ, अझ सुदृढ हुनेछ।’