काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनको परिणामबाट केही कमजोर देखिए पनि समाप्त नभएको बताएका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनमा प्राप्त परिणामलाई एक धक्काका रूपमा चित्रण गर्दै पार्टी पुनः सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।
धक्काबाट उठेर प्रतिक्रियावादीहरूलाई पराजित गर्ने अठोट व्यक्त गरे। उनले विध्वंशको बाटोबाट नभई रचनात्मक, शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ आफूहरु अघि बढ्ने बताए।
उनले भने, ‘अहिले चुनावमा हामीले धक्का खाएका छौँ, यो धक्का हो तर हामी समाप्त भएका छैनौँ। धक्का खानु र समाप्त हुनु एउटा कुरा हो, हामी अहिले लडेका छौँ तर मरेका होइनौँ। फेरि उठ्छौँ हामी।’








