images
images

विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न अनुमति

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेलविरुद्ध ३ दिनको म्याद थप गरेको हो।

सम्पत्ति शुद्धीकरण कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार म्याद थपका लागि अदालत लगेको थियो।

यसअघि असार ९ गते उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो।