काठमाडौँ – नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबारको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा सोही अनुपातमा मूल्य समायोजन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० अमेरिकी डलरबाट घटेर करिब ७० डलरमा झरिसक्दा पनि नेपालमा उपभोक्ताले महँगो शुल्क तिर्नु परिरहेको बताइन्।
उनले भने, ‘छिमेकी राष्ट्रहरूमा तेलको मूल्य घटिरहँदा नेपालमा भने सरकारले पुरानै मूल्य कायम राखेको छ। स्वचालित मूल्य प्रणाली लागू गरी जनतालाई राहत दिन र दैलेखको पेट्रोलियम उत्खनन् कार्यलाई तीव्रता दिन म सरकारसँग माग गर्दछु।’








