images
images

५० हजार विद्युत् मिटर सातै प्रदेशमा, निवेदन दिन प्राधिकरणको अनुरोध

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले विद्युत् मिटरको सहज उपलब्ध गराउने उद्देश्यका साथ ५० हजार थान नयाँ मिटर बजारमा ल्याएको छ ।

लामो समयदेखि मिटरको पर्खाइमा रहेका सेवाग्राहीहरूलाई लक्षित गर्दै प्राधिकरणले उक्त मिटरहरू देशभरका सातै प्रदेशमा वितरण गरिसकेको जनाएको छ।

नयाँ मिटर जडान गर्न चाहने वा आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई अब आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा सम्पर्क राख्न प्राधिकरणले आग्रह गरेको छ । सम्बन्धित कार्यालयमा पुगी आवश्यक प्रक्रिया पूरा गरेर निवेदन दर्ता गराएपछि मिटर उपलब्ध हुनेछ ।

प्राधिकरणले सेवाग्राहीको मागलाई सम्बोधन गर्दै छिटो, छरितो र पारदर्शी सेवा प्रवाहप्रति आफू प्रतिबद्ध रहेको दोहोर्‍याएको छ । मिटरको अभावका कारण सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता हटेसँगै अब नयाँ जडान प्रक्रियाले गति लिने विश्वास प्राधिकरणले लिएको छ ।