काठमाडौँ- सरकारले साझा यातायातका ८ वटा बसलाई ‘ब्लु बस’ बनाएर सञ्चालन गर्ने भएको छ।
ब्लु बस सञ्चालनको पहिलो चरणमा साझा यातायातका आठ वटा बस प्रयोग गरिने पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिएका छन्।
महिलाहरूलाई निःशुल्क र सुरक्षित यात्राका लागि सरकारले ब्लु बस चलाउन लागेको हो। यसको सञ्चालन खर्च सरकारले व्यहोर्छ।
साझाका हरिया बसहरूलाई निलो रंग लगाएर चलाइने यी ब्लु बसहरू रिंगरोडमा दुईतर्फीबाटै दुई/दुई गरेर चार, लगनखेल–बुढानीलकण्ठ रुटमा दुई र एयरपोर्ट–नागढुंगा रुटमा दुई वटा चलाइने छ। साउन महिनाभित्रै काम सुर गर्ने गरी यसको तयारी भइरहेको छ।








