काठमाडौं- गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले एक डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा शुक्रबार बोल्दै यसबारे जानकारी गराएका हुन्।
छानबिनका लागि डिआइजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको गुरुङले जानकारी दिए।
छानबिन तथा सोधपुछका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए।
सांसदहरूसँग आक्रोशित देखिएका गृहमन्त्री गुरुङले घाँटी चिच्याई चिच्याई बोल्ने सांसदहरूमध्ये कतिजना वीर अस्पताल जानुभयो भनी प्रश्न गरेका थिए।








