काठमाडौँ – बझाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बझाङको केदारस्युँ गाउँपालिका–७ मा भएको जीप दुर्घटनामा केदारस्युँ– ७ की विमला धामी, दुर्गाथली–६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा १२ जना घाइते भएका छन्।
जीप सडकबाट करिब तीन समय मिटर तल खसेको थियो।








