काठमाडौं- पछिल्लो घटनाक्रमहरूबाट दबाबमा परेका प्रधानमन्त्री बालेन्द्र शाह रास्वपा सभापति रवि लामिछानेलाई भेट्न आइतबार बिहान आफैँ बुढानिलकण्ठस्थित उनको निवास पुगेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच ४ घण्टाभन्दा बढी छलफल भएको छ ।
बूढानीलकण्ठस्थित लामिछाने निवासमा प्रधानमन्त्री शाह सवा ११ बजे पुगेका थिए भने सवा ३ बजेमात्रै उनी निस्किएका थिए।
उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनीत लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरूबीच वर्तमा परिस्थितिका अन्य घटनाक्रमहरूबारे पनि कुराकानी भएको स्रोतले बताएको छ।
सरकारको कामकारबाहीबारे उब्जिएको तीव्र असन्तुष्टिबारे पनि उनीहरूबीच कुराकानी भएको थियो।
शाह सरकारको १०० दिनमात्र बित्दा पनि यसबिरुद्ध सडकमा तीव्र असन्तोष देखिएको थियो। खासगरी सुकुम्बासी समस्या समाधानमा प्रधानमन्त्री शाह चुकेको र गणेश नेपाली प्रकरणमा पनि सरकारको अनुपस्थिति खट्किएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्।








