images
images

सुकुम्वासी संघ–संगठनको चेतावनीः तत्काल लालपुर्जा नदिए कडा आन्दोलन सुरु हुन्छ

काठमाडौँ – सुकुम्वासीसँग सम्बन्धित विभिन्न संघ, संगठनहरूले सुकुम्वासीलाई तत्काल लाजपुर्जाको व्यवस्था नगरे सरकारविरुद्ध कडा गर्न गर्ने चेतावनी दिएका छन्।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध अखिल नेपाल सुकुम्वासी संघलगायतका संघ–संगठनहरूले सरकारलाई यस्तो चेतावनी दिएका हुन्। सरकारले ढाँट्ने, छल्ने काम गरिरहेको भन्दै अखिल नेपाल सुकुम्वासी संघका इन्जार्ज नहेन्द्र खड्काले त्यसका विरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।

उनले सुकुम्वासीहरूका लागि तत्काल लालपुर्जा दिने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा आफूहरु जाने चेतावनी दिए।

उनले भने, ‘हामीले संघर्ष गर्न नपरोस्। तपाईंहरूले लालपुर्जा दिनुहोस्। हामीलाई संघर्ष गर्न नपरोस्। लप्पनछप्पन गर्नेतिर जानुभयो भने हामी संघर्ष गर्नेछौँ। ७० लाखभन्दा धेरै सुकुम्वासीहरूको संघर्ष, हजारौँ किसानहरूको संघर्ष, दलितहरूको संघर्ष, उत्पीडनमा परेका जाति, वर्ग र समुदायको संघर्षले तपाईं र तपाईजस्ता शासकहरूको अन्त्य गर्नेछ।’

पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरिब सुकुम्बासी नागरिकलाई पीडा दिने सीमासमेत नाघेको भन्दै आक्रोश व्यक्त गरे। उनले जनतालाई ढाँटेर शासन सञ्चालन गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराए।

उनले सरकार मुलुकको राष्ट्रियता नै खतरामा पार्ने षड्यन्त्रमा लागि परेको आरोप पनि लगाए।