images
images

तीन मिडिया हाउस अगाडि कसले राख्याे गाडी, प्रहरीले थाल्याे छानविन

काठमाडौँ – आज बिहानदेखि मिडिया हाउस अगाडि बेवारिसे अवस्थामा पार्किङ गरिएको गाडी फेला परेको छ । अहिले प्रहरीले यसबारेमा छानबिन सुरु गरेको छ।

अनलाइन खबर, हिमालयन टिभी र कान्तिपुरको कार्यालय अगाडि गेटमा अवरोध हुने गरी निजी नम्बर प्लेटको कार राखिएको देखेपछि स्थानीयवासी तथा सञ्चारकर्मीले प्रहरीलाई खबर गरेका थिए । सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले गाडीको विवरण संकलन गर्दै त्यसको मालिकको पहिचान गर्ने प्रयास गरिरहेको जनाइएको छ। तीनवटै गाडी निजी नम्बर प्लेटका छन् । गाडी कसले र किन छाडेर गएको हो भन्ने खुलेको छैन ।

गाडीमा कुनै आपत्तिजनक वस्तु रहेको वा नरहेको विषयमा समेत सुरक्षा निकायले आवश्यक जाँच अघि बढाएको छ।