images
images

नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजालसले मंगलबार सजाय निर्धारण गरेको हो।

उनलाई ठगीमा १ वर्ष कैद र १० हजार जरिवाना तथा संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ।

यस्तै, राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ। उनलाई थप तीन महिना कैद पनि तोकिएको छ।

अदालतले एकीकृततर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तोकेको छ। सबैभन्दा बढी एकीकृत कसुरमा सजाय तोकिएको हुँदा उनले दुई वर्ष कैद र २० हजार जरिवानाको सजाय भोग्नुपर्नेछ।