काठमाडौं- काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूलाई मंगलबार सजाय निर्धारण गरेको छ।
अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषीहरूको सजाय निर्धारण गरेको हो।
नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद सजाय सुनाइएको छ। अदालतले नेता रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै ४० हजार जरिवनासमेत निर्धारण गरेको छ।
त्यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ।
त्यस्तै सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र आङटेवा शेर्पालाई पनि ४ वर्ष कैद र ४० हजार सजाय सुनाइएको छ। त्यस्तै नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई १ वर्ष सजाय र १० हजार जरिवाना सजाय सुनाइएको छ।








