images
images

डीडीसीले फार्महरूलाई भन्याे- ‘कारोबार गर्ने भए साउन मसान्तभित्र सम्पर्कमा आउनु’

काठमाडौँ – दुग्ध विकास संस्थान (डीडीसी) ले आफूसँग नियमित दूध कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था र निजी फार्महरूलाई २०८३ साल साउन मसान्तभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ ।

संस्थानले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि दूध सङ्कलन कार्यलाई थप व्यवस्थित, प्रविधिमैत्री बनाउने भन्दै नयाँ नीति अघि सारेको जनाएको छ ।

लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयद्वारा जारी सूचना अनुसार संस्थानसँग निरन्तर दूधको कारोबार गर्न चाहने सहकारी र निजी फार्महरूले २०८३ साल साउन मसान्तभित्र आ–आफ्नो पायक पर्ने संस्थानका आयोजना, चिस्यान केन्द्र तोकिएको सम्पर्क ठेगानामा सम्पर्क गरिसक्नुपर्नेछ ।

संस्थानले तोकिएको समय सीमा भित्र सम्पर्कमा नआउने सहकारी वा फार्महरूबाट आगामी दिनमा दूध खरिद वा कारोबार गर्न संस्थान बाध्य नहुनेसमेत जनाएको छ ।