काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन्।
विराटनगरमा उनले कप्तानगञ्ज घटनाका घाइतेहरूलाई भेट्दै छन्। घाइतेहरूलाई भेटेर उनी सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज जानेछन्।
आइतबार राति कप्तानगञ्जमा भएको घटनामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ।
गृहमन्त्री गुरुङले सुनसरी पुगेर मृतकका परिवारलाई भेट्ने बताइएको छ।








