images
images

भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?

काठमाडौ- भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ । ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन ।

प्रभावित विद्युत् आयोजनाहरू
रसुवागढी जलविद्युत् आयोजना– १११ मेगावाट
सालासुङ्गी (साञ्जेन)– ७८ मेगावाट
माथिल्लो साञ्जेन– १४.८ मेगावाट
साञ्जेन– ४२.५ मेगावाट
चिलिमे– ५२ मेगावाट
लाङटाङ– २० मेगावाट
माथिल्लो त्रिशूली–३ ‘ए’– ६० मेगावाट
माथिल्लो मैलुङ– १४.८ मेगावाट
मैलुङ– ५ मेगावाट
त्रिशूली जलविद्युत् केन्द्र– २४ मेगावाट
देवीघाट जलविद्युत् केन्द्र– १४ मेगावाट
नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजना– २५ मेगावाट
प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

बाढीका कारण विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् । खोज तथा उद्धार कार्य जारी छ ।

क्षति पुगेर अवरुद्ध प्रसारण लाइन
समुद्रटार–त्रिशूली १३२ केभी
चिलिमे–त्रिशूली ६६ केभी
चिलिमे हब–त्रिशूली–३ ‘बी’ हब–मातातीर्थ २२० केभी
त्रिशूली–बालाजु ६६ केभी
विभिन्न प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको छ।