सरकारले केदारनाथ शर्मालाई गृह सचिवको जिम्मेवारीमा ल्याएको छ।
श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह सचिवको जिम्मेवारी दिएको हो ।
हाल रक्षा सचिव रहेका शर्मा सहसचिव हुँदा गृहकै प्रशासन महाशाखामा काम गरिसकेको अनुभव छ।
आजको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो ।








