images
images

पूर्वमुख्यसचिव डा. अर्याल हिमालयन बैंकको अध्यक्ष नियुक्त

काठमाडौं -हिमालयन बैंक लिमिटेडको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बैंकको बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

अर्याल यसअघि नै हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत थिए। नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका अर्यालले सरकारी सेवाका क्रममा अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्।

प्रशासनिक तथा सार्वजनिक व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका अर्याललाई बैंकको अध्यक्षको जिम्मेवारी दिइनुलाई संस्थागत सुशासन तथा रणनीतिक नेतृत्वका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

नयाँ अध्यक्षका रूपमा अर्यालले बैंकको रणनीतिक नेतृत्व, संस्थागत सुशासन तथा समग्र बैंकिङ गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी सम्हाल्नेछन् ।

यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो ।