images
images

खुसीहुँदै विद्यार्थीले भने: ‘धन्यवाद प्रचण्ड सरकार’

काठमाडौँ, २५ असोज । सरकारले इजरायलमा फसेका नेपाली नागरीकहरुको उद्धार गरेर नेपाल वायुसेवा निगमको विमान मार्फत आज काठमाडौँ ल्याउदैछ । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा नेपाली नागरीकको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो । निगमको विमान आज बिहान त्यसतर्फ प्रस्थान गरेको थियो । युद्धग्रस्त इजरायलमा फसेका नेपाली विद्यार्थिसहित अन्य नेपालीको उद्धारगर्न उडेको नेपाली ध्वजाबाहक विमान २५४ नेपाली बोकेर आज राति १ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

आफ्नो देश फर्कन लागेका विद्यार्थीहरूले विमान चढेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री प्रचण्डको तत्परतामा युद्धमा फसेका नेपालीलाई उद्धार गर्नका लागि सरकारले कुनै कसर बाकि राखेको छैन।

नेपाली विद्यार्थी ल्याउनका लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली इजरायल प्रस्थान गरेका थिए । वायुसेवा निगमका क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका छन् । सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएको थियो। जसमध्ये नेपाल आउन चाहेका २५४ जना नेपालीलाई आज सरकारले उद्धार गरेको हो।

इजरायलको कृषि फर्ममा कार्यरत नेपाली विद्यार्थिहरुमध्ये १० जना विद्यार्थीको युद्धमा परी निधन भएको थियो भने एक जना बेपता रहेका छन् । इजरायलमा फसेका अन्य नेपाली विद्यार्थिहरुले आफुहरुलाई तत्काल उद्धार गर्न प्रधानमन्त्री प्रचण्डसंग टेलिफोनमार्फत प्रत्यक्ष अनुरोध गरेका थिए, उनीहरुले आफुहरु बंकरमा रहेको र अवश्था अत्यन्तै भयावह भएको कारण जतिसक्दो चाँडो आफुहरुलाई उद्धार गर्नका लागि प्रधानमन्त्री समक्ष अनुरोध गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार आफ्नो नागरीकप्रति चिन्तित र उतरदायी रहेको बताउँदै जति सक्दो चाँडो युद्धमा फसेका नेपालीलाई उद्धार गर्ने प्रक्रियामा रहेको बताएका थिए ।