images
images

रहेनन् फिल्म ‘धूम’ का निर्देशक

बलिउड निर्देशक संजय गढवीको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको हृदयघातको कारण निधन भएको हो।

आइतबार बिहान उनी हिँड्ने क्रममा अचानक छाती दुखेको भन्दै बेहोस भएका थिए।

यसपछि उनलाई तुरून्तै अस्पताल पुर्‍याइएको थियो। डाक्टरले उनलाई मृत घोषित गरिदिएका थिए।

५७ वर्षीय उनले बलिउडमा महत्वपूर्ण योगदान गरेका थिए। फिल्म ‘धूम’ र ‘धूम २’ संजयले निर्देशन गरेका हुन्। उनको पहिलो फिल्म ‘तेरे लिए’ थियो। यसबाहेक उनले ‘किडन्याप,’ ‘मेरे यार कि शादी है’ लगायत फिल्म निर्देशन गरेका थिए।