images
images

काठमाडौं क्षेत्र नम्बर ५ नारायणगोपाल चोकमा रंग उडेको झण्डा च्यातिएको रहेछ त्यो फेरेर नयाँ झण्डा राखेका हौ- हेमराज थापा

काठमाडौं : निर्वाचन क्षेत्र नम्बर ५ नारायणगोपाल चोकमा राष्ट्रिय झण्डा धुलैलाम र च्यतिएको अवस्थामा रहेछ संविधान दिवसको अवसर मिल्यो त्यो पुरानो राष्ट्रिय झण्डा फेरेर हामीले नयाँ झण्डा राखेका छौँ। उनले भने संविधान अधुरो छ देशभर स्वतन्त्र उम्मेदवारले जितेर संविधानलाई पुर्ण बनाउनुछ नेता र केही थान हालि-मुहालिकर्ताहरुले मात्र अनुभव गर्न पाएको संविधान आम-जनतालाई अनुभुती हुने संविधान बनाउन आवश्यक छ। आज हामिले राष्ट्रिय झण्डा फेरेर नयाँ राखेका छौँ यसरी नै मंसिर 4 गतेको संघीय निर्वाचनमा आम-जनताले नेता फेर्न आवश्यक छ।

हेमराजे भने म कुनै त्यस्तो चर्चित राजनीतिज्ञ वा दलको नेता हैन मेरो चाहना “म मन्त्री वा प्रधानमन्त्री बनौ भन्नेपनि छैन। किनकी यो राजनीति मेरो व्यवसाय होइन म कसैमाथि शासन गर्न वा जित्न चाहन्न म सम्भव भएजति सबैलाई सहयोग गर्न चाहन्छु। हिमाल, पहाड, तराई र कांग्रेस, एमाले, माओवादी सबैलाई म मात्रै हैन हामीसबै एक अर्कालाई सहयोग सम्मान गर्न  चाहन्छौँ। हामी मान्छे हुनुको स्वभाव नै यही हो हामी एक-अर्काको दु:खमा होइन एक-अर्काको सुखमा रमाउन चाहन्छौँ हामीकोही पनि एक-अर्कालाई घृणा गर्न चाहान्नौँ।

 

अहिले ज-जसले मलाई पढिरहनु भएको छ  भन्छु- हामी कोही पनि निराश नहोऔँ अहिलेसम्म हामीले गलत मान्छेहरूलाई चुनेका थियौँ। गलत मान्छेहरू हाम्रौ नेताहरू थिए आम जनताले भोगेका दु:खहरू वा हामीले देखेका दु:खहरूको अन्त्य गर्न तपाईं हामी जागेका छौँ भ्रष्टहरूको पतन हुने दिन छिट्टै आउँदैछ उनले भने अनि वर्षौंदेखि हामी जनतालाई रुवाएर सत्ता र शक्तिमा बसेका तानाशाहहरू पतन हुँदैछन् र उनीहरूले झुटो बोलेर निर्वाचनको ढोङ रचेर हामी जनताबाट लिएको शक्ति हामी जनतामा नै फर्किनेछ।हामी जसले मतदान गरेर जितायौँ तिनै जनतालाई घृणा गर्ने, हामीलाई दास बनाउने हाम्रो भविष्यलाई नर्क बनाउने, हाम्रो भोटलाई जनावर जस्तै व्यवहार गर्ने खरिदबिक्रि गर्ने हामीलाई भोट बैंकको रूपमा मात्रै प्रयोग गर्ने राक्षसी दिमाग भएका भ्रष्टलाई अब हामीले आफ्नो भविष्य सुम्पिनु हुँदैन।

हामी कसैको भोट मेसिन होइनौँ हामी गाईवस्तु पनि होइनौँ हामी मान्छे हौँ हामीले सही वा गलत छुट्याउन सक्छौँ। हाम्रो भविष्य हाम्रै हातमा हुनुपर्छ हाम्रो मनमा माया विश्वास आशा छ । हामीले कसैलाई घृणा गर्नु छैन। जसले हाम्रा लागी अहिलेसम्म जेजति गर्ने प्रयास गर्नुभयो त्यसका लागि धन्यवाद अब भने जनताको भविष्य निर्णय जनता आफैँले गर्नुपर्छ आउँदो चुनावमा हामी हाम्रो शक्तिको प्रयोग गरौँ हामी सबै एकजुट होऔँ स्वाधीन र नागरिक अधिकार सम्पन्न नेपालको लागि लडौँ जसले हामी आम मानिसहरूलाई मौका युवाहरूलाई भविष्य र वृद्धावस्थालाई सुरक्षा दिनेछ।

यस्ता कैयौँ कुराहरूका झुटा घोषणापत्र बनाएर गरिब जनताको रगत चुस्नेहरु चुनावमा भाग लिएर सत्तामा जाने प्रयास गर्दैछन तर हामीले ख्याल गर्नुपर्ने कुरा तिनीहरू झुट बोल्छन् तिनीहरूले त्यो वाचा पूरा गर्दैनन् पछिल्लो कैयौँ दशकदेखि चुनावको मितिमा तिनीहरूले झुटो बोल्दै आएका छन् र यिनीहरूले कहिल्यै आफूले जनताका सामु गरेका बाचा पूरा गर्ने छैनन् उनले थप्दै भने यो चुनावमा हामी जनताले आफ्नो विवेक प्रयोग गर्नुपर्छ देश र जनताको मुक्तिको कुरा गरेर राजनीतिका ठेकेदारहरुले आफूलाई मालिक बनाएका छन्। तर दशकौँदेखि हामी जनतालाई दास बनाइरहेका छन् अब हामी दशकौँदेखि हामीलाई दास बनाउनेका विरुद्धमा र हाम्रा लक्ष्य पूरा गर्न मंसिर ४ गते हुने निर्वाचनको ब्यालेट वार लडौँ, राजनीतिक दुर्गन्ध मुक्त गर्न लडौँ, राजनीतिक लोभ हटाउन, एकले अर्कोलाई गर्ने कुटिल घृणा अन्त्यका लागि लडौँ, हामी तर्क, तथ्य र विवेकयुक्त तरिकाले विकसित देशको लागि लडौँ यसोगर्दा समुन्नत, विकास र प्रगतिले हामी नेपालीहरूलाई खुशी दिनेछ। विकासको लागि, हाम्रा लागि, हाम्रो देशका लागि र हुर्किँदै गरेका हाम्रा सन्तानहरुका लागि युवाहरू आउनुहोस् हामी सबै एकजुट होऔँ हेमराज थापाले भने उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उम्मेदवारी दिएका छन।