images
images

वसन्त ऋतुको आगमनसँगै उपत्यकामा ढकमक्क ज्याकाराण्डा (तस्बिरहरु)

काठमाडौँ – वसन्त ऋतृको आगमनसँगै यतीबेला बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् । हरेक वर्षको वसन्त ऋतुमा झैं यस वर्ष पनि काठमाडौंलाई सुन्दर बनाउने जाकारान्डा उसैगरि फूलेका छन् । कोरोना संक्रमणको जोखिम र डरले उपत्यका गुम्सिएको बेला ज्याकाराण्डा भने फक्रिरहेको छ ।

वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकामा ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।उपत्यकाको धेरै क्षेत्रमा अहिले ज्याकाराण्डा फुलेर निलाम्य भएको छ । जारी निषेधाज्ञाले मानिसहरु घरभित्रै छन् बाहिर कोहि निस्कन नपाए पनि सायद पर्खाइमा होला ज्याकाराण्डा मुस्काइरहेको छ ।