images
images

भोलि एनसेल कार्यालय अगाडि प्रदर्शन गर्दै अनेरास्ववियु

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ।

मंगलबार बिहान ८:३० बजे लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरिने अनेरास्ववियुले जनाएको छ । एनसेलको ८० प्रतिशत सेयर नेपाल बाहिरै बिक्री भएको थियो ।

जसले गर्दा राज्यलाई आउनुपर्ने राजश्व गुमेको छ । यसका विरुद्ध अनेरास्ववियुले प्रदर्शन गर्न लागेको हो । 

एनसेलको अपारदर्शी ठगी धन्दाविरूद्द खबरदारी गर्न लागिएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए ।