images
images

नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व, अध्यक्षमा थापा र महासचिवमा कृष्ण घिमिरे विजयी

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) को नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट अध्यक्षमा एएनएस क्रियसनका सुदिप थापा विजयी भएका छन् । उनी निविरोध निर्वाचित भएका हुन् ।

आइतबार भएको आनको ११औँ कार्यसमितिको निर्वाचनमा अध्यक्षमा एएनएस क्रियसनका थापासहित प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य, द्धितिय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पङ्कजलाल प्रधानलाई चयन भएको हो ।

यस्तै महासचिवमा फ्युचर हब मिडिया मल्टि प्रर्पोजका कृष्णप्रसाद घिमिरे, सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का, सहकोषध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका हुन ।

कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठले ७३ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्द्वी जिरो मिडियाका जीवन पोखरेलले २५ मत पाएका थिए । त्यस्तै, सदस्यहरूमा रोशन रेग्मी, रोशन पौडेल, सन्तोष सिलवाल गिरी, प्रभात रिमाल, दीपेन्द्र पौडेल, विद्यमान राज भण्डारी र मनिस अधिकारी भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरूले आइतबार नै शपथ ग्रहण गरेका छन् ।