images
images

सर्लाहीको गोडैता नगरपालिका पनि सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौँ, ३ माघ । सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत सर्लाहीको गोडैता नगरपालिका पनि सामाजिक सुरक्षा कोषमा  आबद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्र्तगत  सर्लाहीको गोडैता नगरपालिका पनि सामाजिक सुरक्षा कोषमा यसै माघ ३ गतेबाट कोषमा आबद्ध भएको हो ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका निर्देशक उत्तम नेपाली र सर्लाहीको गोडैता नगरपालिका  तर्फबाट मेयर देबेन्द्र कुमार यादव विच संयुक्त रुपमा कोषको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सर्लाहीको गोडैता नगरपालिका मेयर देबेन्द्र कुमार यादवले  कोषमा आबद्ध  आफ्नो पालिकामा रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई चालु आर्थिक वर्षबाट नै कोषमा आबद्ध गर्ने प्रकृया सुरुवात गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यसको लागि पालिकाले तत्कालै सुचना जारी गरि श्रमिकबाट आबेदन माग गर्ने कार्यको थालनी गर्ने बताउनुभयो ।

सो अवसरमा कोषका तर्फबाट बोल्नु हुँदै  निर्देशक उत्तम नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध भएकोमा सर्लाहीको गोडैता नगरपालिका लाई  हार्दिक बधाई तथा शुभकामना दिनुभयो । जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउनु हुँदै  सर्लाहीको गोडैता नगरपालिकाको अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।