images
images

गृहले पनि भन्यो : फागुन १ गते बिदा छैन

काठमाडौँ – गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको सूचना जारी गरेको छ।

सरकारले ‘जनयुद्ध दिवस’ भनेर दिएको बिदा सर्वोच्च अदालतले खारेज गरेपछि गृहमन्त्रालयले पनि बिदा नभएको जानकारी दिएको हो।

यसअघि सर्वोच्चले पनि आफ्नो फैसला अनुसार बिदा खारेज भएको सूचना जारी गरेको थियो।