images
images

महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषय प्रवेश

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले महासमितिको हलमा हिन्दु राष्ट्रको विषय प्रवेश गराएका हुन् । 
ललितपुरस्थित गोदावरीमा जारी महासमिति बैठकमा नेता भण्डारीले १ हजार बढी महासमिति सदस्यको हस्ताक्षरसहितको पूरक प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई महासमिति सदस्यहरुले ताली पड्काएर समर्थन गरेका थिए ।

भण्डारीले महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन्।

सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने आफूहरुको पुरक प्रस्ताव मूल प्रस्तावम समवेश भएर आउनु पर्ने बताए। उनले धर्म निरपेक्ष खारेज गरी हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताए।

कांग्रेसको ०७५ साल मै  भएको महासमिति बैठकमा पनि हिन्दू राष्ट्र घोषणा माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो।

त्यतिबेला ७१७ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए। कांग्रेसमा झण्डै २३ सय महासमिति सदस्यहरू छन्। फागुन ३ र ४ गते सानेपामा बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन माग गर्दै पुरक प्रस्ताव ल्याएका थिए।