images
images

प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराई बिरुद्धको रिट न्यायाधीश सपना मल्लको इजलासमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

पूर्व अयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिट सुनुवाईका लागि मंगलवारको इजलासमा राखिएको हो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै बिष्टले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री डा. भट्टराईमाथि कारबाहीको माग गर्दै गत हप्ता रिट दायर गरेका थिए । त्यसअघि सो रिट दरपीट भएको थियो । तर बिष्टले दरपीट बिरुद्ध रिट हालेपछि सर्वाेच्चले त्यसको सुनुवाई गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

रिटमा दुबै नेतालाई युद्ध अपराधमा कारबाही गर्न अभियोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग पनि गरिएको छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदक बिष्टको माग छ ।