images
images

प्रचण्ड नेतृत्वको सरकार नफेरिने र गठबन्धन पनि नफुट्ने: सचिव आचार्य

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताएका छन् ।

सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको भन्दै उनले यसको सम्भावना एक प्रतिशत पनि नभएको दाबी गरेका छन् ।

उनले भने,‘एकथरि विद्वानहरूले भनेको सुन्छु की काँग्रेस सभापति शेरबहादुर देउवाजी सिंगापुरमा जानुभयो, सिंगापुरमा सरकार परिवर्तन गर्नेबारे सबै सोलोडोलो योजना बनिसके, त्यसको लागि कमा र फूलस्टप पनि काम बाँकी छैन भन्ने र उहाँ फर्किएपछि सरकार बन्छ भन्ने पनि हल्ला छ, तर यो सरकार फेरेर तात्त्विक फरक के हुन्छ ?’

साक्षात्कारमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार नफेरिने र गठबन्धन पनि नफुट्ने दाबी गरे । उनले भने,‘मलाई यो गठबन्धन टुटफुट हुन्छ अनि सरकार फेरिन्छ । भन्ने लाग्दैन । अर्को सरकार बनिहाल्छ भन्ने मलाई एक प्रतिशत पनि लाग्दैन । यदि मानिलिऊँ फेरियो भने के हुन्छ ? यो तावाको तापले उफ्रिएको माछा आगोको भुङ्ग्रोमा भनेजस्तै हो । हामी अस्थिरताको सिकार हुन्छौँ । यदि कसैले सरकार फेर्न खोजेको छ भने अस्थिरता सुरु गरौँ भन्नु हो । अर्को ६ महिनापछि अर्को खेल सुरु गर्नुपर्छ । यसो गरियो भने मुलुक अस्थिरताको शिकारतर्फ जान्छ ।’