images
images

६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सरुवासम्बन्धी निर्णय गरेका हुन् ।

सरुवासँगै विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । नयाँ निर्णयअनुसार बाराको प्रहरी प्रमुखको जिम्मेवारी कुमार विक्रम थापाले पाएका छन् भने मोरङमा दिलीपकुमार गिरीलाई पठाइएको छ ।

त्यस्तै, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी खटिएका छन् ।

बर्दियाको जिम्मेवारी बालनरसिंह राणालाई दिइएको छ । धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण र कैलालीमा यादव ढकालको सरुवा भएको छ ।

यसैगरी पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई पठाइएको छ ।

सरुवाको निर्णयसँगै जिल्ला प्रहरी नेतृत्वमा फेरबदल भएको छ ।