images
images

गोरखामा प्रभातफेरी गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

गोरखा- लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गोरखा नगरपालिकामा प्रभातफेरी कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरिएको छ।

गोरखा नगरपालिका र साझेदार संस्था एकीकृत सेवा कार्यालय गोरखाको आयोजनामा सम्पन्न प्रभातफेरी कार्यक्रममा महिला जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न, पीडितको संरक्षण गर्न र न्यायको सुनिश्चितताका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

‘उप-प्रमुख सबल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत आयोजित प्रभातफेरीमार्फत हिंसाविरुद्ध आवाज उठाउन, पीडितको पक्षमा उभिन तथा महिला हिंसामुक्त, सुरक्षित र समानतामूलक समाज निर्माण गर्न सबैलाई आह्वान गरिएको छ।

गोरखा नगरपालिकामा आयोजित यस कार्यक्रमले लैङ्गिक समानता, महिला अधिकार, सामाजिक न्याय र हिंसामुक्त समाज निर्माणको सन्देश प्रवाह गरेको छ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०८३ मंसिर ५ गतेदेखि २४ गतेसम्म (२५ नोभेम्बरदेखि १० डिसेम्बर, २०२६) सञ्चालन हुनेछ। अभियानको अन्तर्राष्ट्रिय नारा ‘UNITE to End Violence Against Women and Girls: Ensure justice, protect survivors, end impunity’ रहेको छ।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समूह तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।