गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्ध कारबाही अगाडि बढाएपछि आफूमाथि नियोजित प्रहार भएको आशय व्यक्त गरेका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत उनले कारबाही नरोकिने चेतावनीसमेत दिएका छन् ।
उनले आफ्नाविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको जिकिर गर्दै लेखेका छन्, ‘कारबाही रोकिँदैन, डगमगाइँदैन ।’ गुरुङले अगाडि भनेका छन्, ‘दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ ।’
बिचाैलियासँग साँठगाँठ गरेको आरोप लगाउँदै राजीनामा मागिएपछि गृहमन्त्री गुरङको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।
उनको भनाइ :
वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन। दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।








