images
images

विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट गर्न निर्देशन

काठमाडौँ– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ४५ प्रतिशत भाडा छुट दिन निर्देशन गरेको छ।

पछिल्लो समय भाडा बढेसँगै सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउनुपर्ने छुट नपाएको गुनासोपछि विभागले यातायात व्यवसायीलाई पहिलेदेखि दिइँदै आइएको भाडा छुटलाई निरन्तरता दिन निर्देशन दिएको हो।

विभागले हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको गुनासाहरू आएको भन्दै ४५ प्रतिशत छुट नदिएको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ।

२०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीहरूबीच विद्यार्थीहरूलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत छुट दिने सहमति भएको थियो।