काठमाडौँ – निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ।
आयोगको बुधबार बसेको बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले उक्त कुराको पुष्टि गरे।









