images
images

इजरालयलबाट ल्याइयो तीन नेपालीको शव, एउटा शव दिउँसो ल्याइ पुर्याइँदै

काठमाडौँ – इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइएको छ। इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव नेपाल पठाइएको छ। जसमध्ये तीन वटा शवलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ल्याइएको छ भने एउटा शव दिउँसो एक बजे ल्याइदै छ।

विमानस्थलमा श्रद्धान्जली दिएर शवहरुलाई विमानस्थलबाट महाराजगंजस्थित शिक्षण अस्पतालमा लगिएको छ।

उनीहरु बिद्रोही समूह हमासको आक्रमणमा मारिएका हुन्। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै नेपाल ल्याइएको हो।

इजरायलमा मारिएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव ल्याइएको छ। आशिष चौधरीको शव ल्याउन बाँकी छ।

गत अक्टोबर ७ तारिक गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

इजरायलस्थित नेपाली दूतावासका अनुसार बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ । शव लिनको परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल पुगेका छन्।