images
images

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन् ।

शीतल निवासमा विशेष समारोहका बीच राष्ट्रपति पौडेलले नवकन्याको पूजा गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे ।

दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।