images
images

केपी ओली माथिको प्रहार राष्ट्र र जनतामाथिको प्रहार हो: : शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय अध्यक्ष केपी ओलीमाथि लागेका आरोपहरु गम्भिर षड्यन्त्र भएको बताएका छन्।

उनले राजावादीहरु कम्वोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी छ भनेर भ्रम छर्ने खेतीमा लागेको भन्दै यस्ता षड्यन्त्रहरु विरुद्ध गम्भिर बन्न आग्रह गरेका छन्। केही समय अघि दुर्गा प्रसाईंले एक अन्तर्वार्तामा केपी ओलीको कम्बोडीयाको टेलिकममा करोडौं लगानि रहेको बताएका थिए।

पोखरेलले उनको भनाइलाई इंगित गर्दै सामाजिक सञ्जामार्फत प्रतिबाद गरेका हुन्। पोखरेलले वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु भएको भन्दै शुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको ब्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भिवष्यमाथिको प्रहार भएको बताए। पोखरेलको स्टाटसलाई महेश बस्नेतले पनि कपी गर्दे शेयर गरेका छन्।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखे ‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे। अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ।

वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो। नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं।’