images
images

माओवादी विद्यार्थी संगठनको ९९९ जनाको केन्द्रीय कमिटी बनाईएपछि एमाले नेताको कडा टिप्पणी

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले)का प्रभावशाली युवा नेता विष्णु रिजालले माओवादी केन्द्रको विद्यार्थी संगठनमा ९९९ जनाको केन्द्रीय कमिटी बनाएको भन्दै आलोचना गरेका छन् ।

उनले सुरुमै सानो संगठनको कुरा होईन भन्दै आफ्नो भनाई राखेका छन् । उनले माओवादीले विद्यार्थीको हजार जनाको टिके कमिटी बनाएर राजनीतिमा लाग्नु भनेको सानैदेखि पदको लागि मरिहत्ते गर्नु हो भन्ने स्कुलिङ गरेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्–

कुरा कुनै एउटा सानो संगठनको मात्र होइन । राजनीति सिक्दै गरेका भाइबहिनीहरूलाई के सिकाइयो भन्ने कुरा महत्वपूर्ण हो । विद्यार्थी संगठनका ९९ पदाधिकारी, ९९९ को केन्द्रीय कमिटी ! नेपालमा सबभन्दा ठूलो- ४ हजारको हो कि ६ हजारको- केन्द्रीय कमिटी बनाएर दलहरूको अवमूल्यन र भ्रष्टीकरण गर्न अगुवाइ गरेको माओवादीले विद्यार्थीको हजार जनाको टिके कमिटी बनाएर राजनीतिमा लाग्नु भनेको सानैदेखि पदका लागि मरिहत्ते गर्नु हो भन्ने स्कुलिङ गरेको छ ।
केही समयअघि देउवाले ७१० जनाको नेबिसंघ बनाएका थिए क्यार! जे होस्, सहकार्य चाहिं गजबै छ ।