images
images

बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दै

काठमाडौं : सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्।

 

सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।

पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।