images
images

१६ दिनपछि प्रतिनिधि सभा बैठक आज बस्दै, गुटरेसले मंगलवार संघीय संसद्लाई सम्बोधन गर्ने तयारी

काठमाडाैं । दशैं बिदाका कारण लामो समय स्थगित प्रतिनिधि सभाको बैठक आइतवार बस्दैछ । गत असोज २६ गते बसेर स्थगित प्रतिनिधि सभाको बैठक आइतवार दिउँसो १ बजेका लागि बोलाइएको हाे ।

संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पेश गर्ने कार्यसूची छ । आइतवारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटरेसले संयुक्त सदनको बैठकलाई सम्बोधन गर्ने जानकारी गराउने कार्यसूची समेत छ ।

महासचिव गुटरेसले मंगलवार संघीय संसद्लाई सम्बोधन गर्ने तयारी छ ।